पूर्व प्रमुख निर्वाचन आयुक्त भण्डारीको स्वास्थ्य अवस्थाबारे राजनीतिक विश्लेषक रायमाझीको चासो


काठमाडौं, ९ माघ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले केही समयदेखि अस्वस्थ रहेका पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् । आज (शुक्रबार) पूर्व प्रमुख निर्वाचन आयुक्त भण्डारीको निवास भैँसीपाटी‌ पुगेर राजनीतिक विश्लेषक रायमाझीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भेटका क्रममा उनले शीघ्र स्वास्थ्य लाभको कामना गरे । पूर्व प्रमुख निर्वाचन आयुक्त भण्डारीले केशव सुस्मा भजन ज्ञान गुठी (केशुगुठी) स्थापना गरेर भजन र गायन क्षेत्रलाईलाई‌ संरक्षण संरचना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

भण्डारीले आफ्नो पेन्सन र पारिवारिक स्रोतबाट गुठीलाई योगदान पुर्‍याउँदै आएका छन् । भजन विधाका स्रष्टाहरूको लागि प्रोत्साहन र मूर्त अमूर्त‌ लोपुन्मुख सम्पदा संरक्षणमा केसुगुठीले उल्लेखनीय योगदान पुर्याएको छ ।