काठमाडौं, १० माघ । नेपाली कम्युनिष्ट पार्टी छोडेर एमालेबाट सिराहा–४ मा चुनावी प्रतिष्पर्धामा रहेका धर्मनाथ साह पार्टीबाट निष्कासित भएका छन् । उनलाई संयोजक प्रचण्डले पार्टीबाट निकालेका हुन् ।
पार्टीको महत्वपूर्ण पदमा रहेका साहले नै टिकटको लागि अन्तिममा एमाले रोजेपछि प्रचण्डले कारबाही गरेका हुन् । सिराहा–४ मा नेकपाबाट अजयशंकर नायक (अभिनाश) चुनावी मैदानमा छन् ।
यो क्षेत्रमा जनमत पार्टीबाट डा. वीरेन्द्र प्रसाद महतो, जसपा नेपालबाट राजकिशोर यादव र पूर्वमन्त्री विश्वेन्द्र पासमान पनि चुनावी प्रतिष्पर्धामा छन् ।




प्रतिक्रिया