काठमाडौं, १० माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा पदको कुनै बार्गेनिङ नगरेको दाबी गरेका छन् । रास्वपासँगको एकता भंगको घोषणा गरेर कुलमान आफूले नै पहल गरेर खोलेको उनेपालाई सक्रिय बनाएर अघि बढेका छन् ।
धेरैले उनलाई रास्वपामा भाग खोजेको र ठूलो पद खोजेको भनेर आरोप लगाएका थिए । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा निशर्त सहभागी भएको दाबी गरे । रास्वपासँग एकता भंग भएपछि कुलमानले आफूलाई धोका भएको प्रतिक्रिया दिएका थिए ।




प्रतिक्रिया