काठमाडौं, माघ ११ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भाद्र २३ र २४ गतेका घटनालाई रहस्यमय र पूर्वनियोजित भएको बताएका छन्।
उनले यसलाई प्रसिद्ध लेखक वालकृष्ण समको ‘नियमित आकस्मिकता’सँग तुलना गर्दै विभिन्न घटनाहरू संयोग मात्र नभई योजनाबद्ध रहेको संकेत गरेका हुन्। रास्वपाको नाम नलिइ उनले ‘भाद्र २३ र २४ मा वितण्डा मच्चाएर देश खरानी पार्ने बालेन, सुदन गुरुङ, विभिन्न कलाकारहरू सबै एउटै पार्टीमा जोडिए’ भनेका छन्।
उनका अनुसार स्कुले बालबालिकाको प्रदर्शनमा सुरक्षा कमजोरी, गोली प्रहारबाट निर्दोष बालबालिकाको ज्यान जानु, जेल तोडफोड, तोडफोड र आगजनी, कैदी फरार हुनु, राजनीतिक लाभ लिने क्रम र घटनामा संलग्न व्यक्तिहरू एउटै पार्टीमा जोडिनु जस्ता कुराहरू संयोग हुन सक्दैनन्।
उनले देश कसले किन जलायो र यत्तिका मानिस किन मारियो भन्ने प्रश्न उठाउँदै कार्की आयोगको अनुसन्धान अझै अपुरो रहेको बताएका छन्। घटनाका पात्रहरूका दैनिक क्रियाकलापले नै रहस्य खुल्दै गएको उनको भनाइ छ।
हेर्नुस् उनको फेसबुक स्टाटस
जय नेपाल !
घटनाहरू कुनै पहिल्यै थाहा हुन्छन् त केही सुरुमा आकस्मिक, अकल्पनीय अर्थात् रहस्यमय देखिन्छन् !
प्रसिद्ध साहित्यकार तथा लेखक वालकृष्ण समको “ नियमित आकस्मिकता” जस्तै !
गत भाद्र २३ देखि नेपालमा हुँदै आएका घटनाहरू आकस्मिक, अकल्पनीय, चमत्कारी र रहस्यमय लाग्थे ! अहिले विस्तारै खुल्दै छन् !
१. भाद्र २३ गते अबोध स्कुले बालबालिका सुशासनको माग
गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनका लागि
भेला हुनु !
२. त्यही भिडमा सयौंको संख्यामा TOB लेखेको T-Shirt
Jacket लगाएर Bullet Bike ma आएर भिडमा पस्नु !
३. बालबालिकाको जुलुस बानेश्वर संसद् भवन अर्थात्
निषेधित क्षेत्र प्रवेश गर्नु !
४. अरू वेला भिड रोक्न राखिने सुरक्षा ब्यारिगेट त्यो दिन
नहुनु !
५. विरोध जुलुसमा महानगरपालिका को गाडीमा
कर्मचारीहरू नै पानी वितरण गर्न हिँड्नु !
६. गोली चल्नु तर संसद् भवनको कम्पाउन्ड भत्काउने
भत्काएर भित्र पस्नेलाई होइन बाहिर जुलुसको बिचमा
रहेका कलिला बालबालिकालाई लाग्नु र उनीहरूको ज्यान
जानु !
७. सामाजिक सञ्जालको बन्देज हटाइयो ! गृहमन्त्रीले
राजीनामा गरे ! सोचे जस्तो स्थिति सामान्य भएन !
८. २४ गते बिहानैदेखि कांग्रेस एमालेका नेताका घर, पार्टी
कार्यालय, राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन र
सर्वोच्च अदालत लगायत प्रहरी कार्यालय तथा व्यावसायिक
प्रतिष्ठान तोडफोड, लुटपाट र आगजनी गरी खरानी पारे !
९. जेल भत्काएर रास्वपाका नेता विजय जुलुस सहित बाहिर
आए ! उनी सँगै भागेका हजारौँ कैदी वन्दी अझै फरार छन् !
१०. यत्तिका जनधनको क्षतिको जिम्मा कसैले लिएनन् तर
सडकमा नारा लगाउँदै हिँडेकै मानिस प्रधानमन्त्री र मन्त्री
वने !
११. चुनाव गर्न भनी वनेको नागरिक सरकारले सबै भन्दा पहिले
तीनै जेल तोडेर भागेर कैदी वन्दीको संगठित अपराध र
सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गर्यो !
१२. भाद्र २३ र २४ मा वितण्डा मच्चाएर देश खरानी पार्ने
बालेन, सुदन गुरुङ, विभिन्न कलाकारहरू सबै एउटै
पार्टीमा जोडिए !
१३. नागरिक सरकारका मन्त्री पनि सरकार छोडेर त्यतै गए !
१४. रास्वपाले जेनजी आन्दोलनको अपनत्व लिने भन्यो !
१५ं कार्की आयोगले बयान तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री,
प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी सँग लियो !
आखिर भाद्र २३ र २४ को कहाली लाग्दो नाटक ( Horror Drama) किन र कसले घटाएको रहेछ ! आयोग को रिपोर्ट बाहिर नआउँदै घटनाका पात्रहरूको दैनिक क्रियाकलापले छर्लङ्ङ पारिदियो ! अझै दिनहुँ खुल्दैछन् !
देश कसले किन जलायो ? यत्तिका मानिस किन कसले मार्यो ? अव पनि अनुसन्धान बाँकी छ र आयुक्तज्यू !
आजलाई यत्ति ……. धन्यवाद !




प्रतिक्रिया