काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पार्टीको पक्षमा चुनावी माहोल बनाउनको लागि भोलि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । उनी भोलि कैलालीको धनगढी पुग्ने भनिएको छ । मधेश र कोही प्रदेशका केही जिल्लाहरुको भ्रमण सकाएर हिजो साँझ काठमाडौं आएका बालेन शाह भोलि नै सुदूरपश्चिम जाने तय भएको हो ।
सुदुरपश्चिम प्रदेशमा नै बालेनका नजिकका सहयोगीहरु भूपदेश शाह र केपी खनाल चुनावी प्रतिष्पर्धामा छन् । भूपदेश अछामबाट र केपी कैलालीबाट चुनावी प्रतिष्पर्धामा छन् । विराटनगरबाट हिजो साँझ काठमाडौं फर्किएका बालेन पार्टीका नेता तथा कार्यकर्ताहरुबाट घेरिएका छन् ।
उनलाई रास्वपाबाट चुनावमा उम्मेदवार बनेकाहरुले आफ्नो क्षेत्रमा लैजानको लागि आग्रह गरिरहेका छन् । आज बालेनलाई काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धामा रहेकी रञ्जु दर्शना, काठमाडौं–७ बाट प्रतिष्पर्धामा रहेका गणेश पराजुलीलगायतले भेटेका थिए । Photo Source: Ranju Darshna/Facebook




प्रतिक्रिया