काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य चयनका लागि कोशी प्रदेशमा भएको निर्वाचनअन्तर्गतको मतदान कार्य सम्पन्न भएको छ । आज (आइतबार) विहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो । मतदानमा प्रदेश सांसद तर्फबाट ८७ जना र पालिकातर्फ प्रमुख(उपप्रमुख गरी २ सय ५८ जनाले मतदान गरेको बताइएको छ ।
कोशीमा प्रदेशतर्फ ५ जना र पालिकातर्फ ९ जनाले मतदान नगरेको बताइएको छ । कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता छन् ।




प्रतिक्रिया