काठमाडौं, ११ माघ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान सम्पन्न भएको छ । प्रदेश सभातर्फ ८९ जना र स्थानीय तहतर्फ २ सय २९ जनाले मतदान गरेको बताइएको छ ।
बागमती प्रदेश सभामा हाल १ सय ४ जना सांसद रहेका छन् । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, हाम्रो नेपाली पार्टीको २ र नेपाली कम्युनिस्ट पार्टीका १ सांसद सहभागी नभएको बताइएको छ ।
यस्तै, स्थानीय तहतर्फ २ सय ३४ मतदाता रहेकोमा २ सय २९ जनाले मतदान गरेका छन् । ३ वटा नगरका मेयरले प्रतिनिधिसभामा भाग लिन राजीनामा दिएका छन् भने एक नगरप्रमुख निलम्बनमा छन् ।
बागमतीमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाबीच प्रतिस्पर्धाको मैदानमा छन् । बागमतीमा पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन रहेको छ । यहाँ गठबन्धनबाट एमालेका प्रेम दंगाल र कांग्रेसकी गीता देवकोटा उम्मेदवार छन् ।




प्रतिक्रिया