‘रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएपछि फेला परेका प्रमाण पेश गर्नु’


काठमाडौं, ११ माघ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि फेला परेका प्रमाण पेश गर्न आदेश दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले रिट दायर गरेका थिए ।

सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दाको पुर्पक्षका क्रममा फेला परेका थप प्रमाण झिकाउन आदेश दिएको हो ।

‘अभियोगपत्र संशोधन सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नु,’– आदेशमा भनिएको छ ।