राष्ट्रिय सभा सदस्यमा बागमतीबाट एमालेका दंगाल र कांग्रेसकी देवकोटा निर्वाचित


काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशबा नेकपा (एमाले) का प्रेम दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका छन् ।

आज (आइतबार) राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन भएको थियो । दंगाल ६ हजार ६२ र देवकोटाले ६ हजार २ सय ५ मतभार प्राप्त गरेका छन् ।

उनीहरु एमाले र कांग्रेस गठबन्धनका साझा उम्मेदवार हुन् ।