काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह विवादमा तानिएका छन् । पूर्वी नेपालका जिल्लाहरु जनकपुर, झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सुनसरी, मोरङलगायतमा चुनाव प्रचारको क्रममा बालेनले प्रयोग गरेको गाडीलाई लिएर उनी विवादमा परेका हुन् ।
चुनावप्रचारप्रसारको क्रममा बालेनले चढेको बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर गाडी विवादित व्यापारी कमलकिशोर मालपानीको रहेको खुलेको थियो । पूर्वी नेपालका जिल्लाहरुमा चुनाव प्रचारप्रसारपछि उनी काठमाडौं फर्किसकेका छन् ।
आज ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले बालेनलाई घेरेका थिए । बालेन बाहिरिने क्रममा सञ्चारकर्मीहरुले बालेनलाई विवादित व्यापारीले दिएको करोडौंको गाडी चढेकोबारे प्रश्न गरेको थिए ।
तर, बालेनले सञ्चारकर्मीहरुले सोधेको उक्त प्रश्नको जवाफ दिन आवश्यक ठानेन् । उनी जवाफ नदिइ पन्छिन सफल भएका छन् । उनी सञ्चारकर्मीहरुको प्रश्नको सामना गर्न नसकेर गाडी हतार हतार ,डौडाइरहेका थिए । सञ्चारकर्मीहरुको प्रश्नबाट बालेनलाई जोगाउन उनका सहयोगीहरुले निकै प्रयास गर्नुपरेको थियो ।




प्रतिक्रिया