काठमाडौं, माघ १२ । जेन-जी अभियन्ता सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जेनजी आन्दोलनमा पहिला गोली चलेको र त्यसपछि मात्र सिंहदरबार जलेको जबाफ दिएका छन्।
हिजो भाबी प्रधानमन्त्रीहरूको सार्वजनिक बहस कार्यक्रम गर्न अनुरोध गर्दै ओलीले आफू बहस गर्न तयार रहेको तर सिंहदरबार जलाउनेहरू पनि बहस गर्न तयार रहनुपर्ने बताएका थिए। ओलीले घुमाउरोतवरले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै सिंहदरबार जलाउने भनेका थिए।
त्यसको जबाफ स्वरूप सुदनले पहिले गोली चलेको र त्यसपछि मात्र सिंहदरबार जलेको जबाफ फर्काएका हुन्। सुदनले बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो समेत भनेका छन्।
उनले लेखेका छन्,
गोली पहिला चलेको हो,
त्यसपछि सिंहदरबार जलेको हो।
बच्चाहरू सुरुमा ढलेका हो,
त्यसपछि मात्र संरचना बलेको हो।
स्मरण रहोस्।




प्रतिक्रिया