कांग्रेस सभापति गगन थापा सर्लाही प्रस्थान


काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा सर्लाहीतर्फ प्रस्थान गरेका छन् । आसन्न निर्वाचनमा थापाले सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनकोलागि टिकट वितरणमा व्यस्त भएको कारण उनले वारेसमार्फत आफ्नो मनोनयन दर्ता गराएका थिए ।

आज भने उनी पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा गएका हुन् । कांग्रेस नेता शंकर तिवारीले सर्लाहीतर्फ प्रस्थान गरेको तस्विर सार्वजनिक गरेका छन् । सभापति थापा बुद्ध एयरमार्फत गएका हुन् । सर्लाही झर्नुअघि उनले सो क्षेत्रका नेता तथा कार्यकर्ताहरुलाई हिजो काठमाडौंमा पनि सम्बोधन गरेका थिए । उनले आफूले सो क्षेत्रका जनतालाई निराश नबनाउने भनेका थिए ।