म प्रधानमन्त्रीको उम्मेदवार हुँ, नेपाल हाँक्ने प्रष्ट सोच र दृष्टिकोण छः गगन थापा


काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेको र आफूसँग नेपाल कसरी हाँक्ने भन्ने प्रष्ट सोच र दृष्टिकोण रहेको बताएका छन् । आज (सोमबार) निर्वाचन क्षेत्र सर्लाही–४ मा आयोजित सभालाई सम्बोधन गर्दै उनले आगामी ५ वर्ष नेपाल कसरी हाँक्ने भन्ने आफूसँग भिजन रहेको बताएका हुन् ।

‘पार्टीको तर्फबाट पार्टीले भर्खर निर्णय गरेको प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवार हुँ । प्रधानमन्त्रीको उम्मेदवार रहँदैगर्दा स्वभाविक रुपमा मसँग ५ वर्ष नेपाल हाँक्दै गर्दा, नेपाल कसरी हाँक्ने हो भन्नेबारेमा प्रष्ट सोच पनि छ, दृष्टिकोण पनि छ,’– उनले भने ।

साथै, उनले आफूहरु भर्खर पार्टीमा नेतृत्व बदलेर आएको र अब नेपाल कसरी बदल्नुपर्छ भन्ने योजना रहेको पनि उनले बताए । उनले भने, ‘हामी भर्खर पार्टी बदलेर आएका छौं । बदलिएको नेपाली कांग्रेस पार्टीले देशलाई कसरी बदल्छ भन्ने योजना बोकेर आएका छौं ।’