साईबर ब्यूरोमा पुगेर स्वागत नेपालको प्रतिबद्धता–अब हिंसात्मक अभिव्यक्ति दिन्नँ


काठमाडौं, १२ माघ । राप्रपा प्रवेश गरेर झापाबाट टिकट लिएका स्वागत नेपालले साईबर ब्यूरो पुगेर गलत अर्थ लाग्ने अभिव्यक्ति नदिने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । उनलाई साईबर ब्यूराले सोधपुछको लागि बोलाएको थियो । चुनावी प्रचारमा झापामा रहेका बेलामा उनलाई साईबर ब्यूरोले बोलाएको थियो ।

उनले ‘पृथ्वीनारायण शाहको विरोध गर्नेको टाउको काट्ने, काट्नुपर्छ र आफू काट्न पनि तयार हुन्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई साईबर ब्यूरोले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै बयानको लागि बोलाएकोमा आज ब्यूरोमा उपस्थित् भएर बयान दिएका हुन् । साथै, उनले अबदेखि यस्तो अभिव्यक्ति नदिने प्रतिबद्धता जाहेर गरेका थिए ।