एकाबिहानै ठाकुर बाबा मन्दिरमा बालेनले गरे दर्शन


काठमाडौं, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहानै बर्दियाको ठाकुर बाबा मन्दिरको दर्शन गरेका छन्। झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि बालेन पश्चिम नेपालको यात्राका क्रममा सोमबार बाँकेको नेपालगञ्ज हुँदै बर्दिया पुगेका बालेन केही दिन सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा पुग्नेछन् ।

उनले आज कैलाली र कञ्चनपुरमा आयोजना हुने सभामा सहभागी हुनेछन । उनी चुनावी अभियानमा भोली डडेल्धुरा हुँदै अछामसम्म पुग्ने कार्यक्रम रहेको छ ।

माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् । उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् । झापामा बालेनकी पत्नी सविना काफ्ले मतदातासँग भेटघाट गरिरहेकी छन् ।