काठमाडौं, १३ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफ्नो दल अब कसैसँग पनि एकतामा नमिसिने बताएका छन् । रवि लामिछाने नेतृत्वको रास्वपासँगको एकता प्रक्रियामा सामेल भएपछिको १२ दिन उनेपालाई धेरै घाटा भएको उनको दुःखेसो छ । पार्टीले आज आयोजना गरेको रामेछापको बृहत् कार्याकर्ता भेलालाई सम्बोधन घिसिङले यस्तो बताएका हुन् । उनले रास्वपासँगको एकता अवधिको १२ दिन आफूहरू कोमामा पुगेको पनि टिप्पणी गरे ।
अब भने आफूहरु विचलित नभईकन देशकै नेतृत्व लिनेगरि अघि बढ्ने विश्वास दिलाए । रास्वपाले यो अवधिमा आफूमात्रै नयाँ शक्ति भनेर सोसल मिडियामा हल्ला गरिरहेको भन्दै उनेपा चाहीँ नयाँ शक्ति भएको दाबी गरे । उनले थपे,नयाँ शक्ति भनेको हामी नै हो भनेर लागिरहेका छन्, सोसल मिडियामा क्याम्पेन गरेर मात्रै हुँदैन। उज्यालो नेपाल पार्टी नै नयाँ शक्ति हो।’




प्रतिक्रिया