पूर्वराजा शाह परिवारसहित जनकपुरमा, पूजाअर्चनामा व्यस्त


काठमाडौं, १३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला जनकपुरमा छन् । हिजोमात्रै जनकपुर पुगेर शाहले परिवारसहित जानकी मन्दिरको दर्शन गरेका थिए ।

आज भने अपराह्न ४ बजे जनकपुर हस्पिटल रोडमा अवस्थित प्रसिद्ध श्री संकट मोचन मन्दिरमा पुगेर भगवान श्री हनुमानको दर्शन एवम् पूजाअर्चना गरेको उनको सचिवालयले जनाएको छ ।

पूर्वराजालाई जनकपुरमा जनताको भव्य स्वागत भएको थियो । तस्विर स्रोत : द रोयल फ्यामिली नेपाल/फेशबुक पेज