विप्लवका विश्वासिला नेता ढकाल नेकपामा प्रवेश


काठमाडौं, १४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता चिरञ्जीवि ढकाल नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्।

आज (बुधबार) पेरिसडाँडामा आयोजित एक कार्यक्रममार्फत ढकालसहित नेताहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीमा स्वागत गरेका हुन् ।

सो क्रममा प्रचण्डले विप्लवलाई समेत आफ्नो दलसँगको एकतामा आउन अपिल गरेका छन् । तस्विर : प्रचण्डको सचिवालय

Skip This