पब्लिक-डिबेटको लागि प्रचण्ड तयार


काठमाडौं, १४ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफू पब्लिक-डिबेटको लागि तयार रहेको बताएका छन् । पार्टी मुख्यालयमा आज आयोजित एक कार्यक्रमपछि बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् । पछिल्लो समय मिडियाकर्मीहरुले भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह, गगन थापा र केपी शर्मा ओलीबीच पब्लिक डिवेटको डिमाण्ड गरेका थिए ।

सोहीअनुसार ओलीले आफू डिवेटको लागि तयार रहेको जानकारी फेशबुकमार्फत गराएका थिए । तर, रास्वपाले प्रधानमन्त्रीको रुपमा अघि सारेको वरिष्ठ नेता बालेनले भने ओलीको उक्त फेशबुक पोष्टमा गएर रिप्लाई गरी आफू हत्यारासँग बहस नगर्ने जवाफ दिएका थिए ।

पत्रकारहरुले आज प्रचण्डलाई पब्लिक डिवेटको लागि सोधेको प्रश्नमा उनले आफू तयार रहेको बताएका हुन् । उनले भने,‘म त पब्लिक डिबेटका लागि तयार नै छु। मैले त पब्लिक डिबेट गर्दै आइरहेको छ। भदौ २७ गते अन्तरिम सरकार बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ, पहिलो बहस मैले थाले, देशव्यापी हिँड् पनि हामी नै थालेका हौँ।’ पछिल्लो समय प्रचण्डले पनि देश फेशबुकलगायत सामाजिक सञ्जालमा स्टन्ट गरेको भरमा चलाउन खोजिएको भन्दै सबैलाई सचेत हुन अपिल गरेका छन् । file photo