पार्टी छोडेर गएकाहरुलाई उपेन्द्रको कारबाहीको डण्डा, यी हुन् निष्काशनमा परेका ८ नेता


काठमाडौं, १४ माघ । जनता समाजवादी पार्टी नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित विभिन्न ८ जना नेताहरुलाई कारबाही गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ जनता पार्टीको नीति तथा निर्णयविपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हित, पार्टी अनुशासन र विधानविपरित कार्य गरेकोले आजको मितिबाट लागु हुनेगरि पार्टीबाट निष्काशन गरिएको जसपा नेपालको भनाई छ ।

कारबाही गरेका नेताहरुमा प्रदीप यादव, चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवल किशोर सिंह, डा. शिवजी यादव रहेका छन् । कारबाहीको पत्रमा भने अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुरको संयुक्त हस्ताक्षर रहेको छ ।