मतदातासँग गगनः भरोसा कहिल्यै टुट्न नदिने प्रतिवद्धता


काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यतिबेला निर्वाचन क्षेत्र सर्लाही ४ मा मतदाताहरुसँग भेटघाट र चुनावी सभाहरुमा व्यवस्त छन् । केही दिनअघि सर्लाही झरेका गगन अझैं केही दिन त्यतै रहने बताइएको छ ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका गगन यसपटक भने सर्लाही ४ मा झरेका हुन् । उनी काठमाडौं ४ को सजिलो निर्वाचन क्षेत्र छाडेर सर्लाही ४ मा गएका छन् । त्यसकारणले पनि उनले चुनाव जित्नका लागि निकै मेहनत गर्नुपर्ने देखिएको छ । सभापति थापाले एक मतदातासँग भेटेको तस्विर सार्वजनिक गर्दै भनेका छन्, तपाईंहरुको भरोसा कहिल्यै टुट्न दिनेछैन।

सर्लाही ४ मा कांग्रेस सभापति थापाको अमरेशकुमार सिंहसँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गत २०७९ को निर्वाचनमा अमरेशले स्वतन्त्र उठेर त्यस निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेका थिए । यसपटक भने अमरेश रास्वपाबाट उम्मेदवार बनेका छन् । बालेन्द्र शाह रास्वपामा गएपछि उक्त पार्टीको पक्षमा देशव्यापी माहोल बनिरहेको छ ।