युवराज सफल हाजिरी जमानीमा रिहा


काठमाडौं, १५ माघ । सामाजिक अभियन्ता युवराज सफल रिहा भएका छन् । उनी जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंको आदेशले हिाजरी जमानीमा रिहा भएका हुन् । उनले आफ्नो रिहाईबारे जानकारी दिँदै आफ्नो न्यायिक अभियान नरोकिने बरु अझै मर्यादित र अनुशासित हुने स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्,‘युवराज सफलको पक्राउ विरुद्ध युवाहरूले निकालेको मसाल जुलुस । धन्यवाद महान युवा ,मेरो शुभचिन्तक ,शुभेच्छुक ,आम नागरिकको दबाबले अन्ततः युवराज सफल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशले हाजिर जमानीमा रिहा भएको छु । मेरो न्यायीक अभियान रोकिदैन ,अझै मर्यादित ,अनुशासित भएर आफ्नो कार्य गर्नेछु ।’