काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य उमेश रानाले पार्टी परित्याग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रानाले आफूले रास्वपा परित्याग गरेर प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टी रोजेको जानकारी दिए ।
उनले ०७९ सालदेखि आफूले रास्वपाको लक्ष्य र उद्देश्य मन पराएर साधारण सदस्य लिएको भएपनि कर्णालीको विकासमा रास्वपाका नेताहरुले हेर्ने दृष्टिकोण र गरेको बेवास्ताको कारण स्वेच्छाले पार्टी परित्याग गरेको स्पष्ट पारे ।
उनले सल्यान विकासमा पछि पर्नुको कारण नारामात्रै लगाउने काम भएकोले भन्दै अब सबैले हातेमालो गर्दै सल्यानको विकासमा योगदान दिनुपर्ने मत राखे । उनले नेपालमा प्रचण्डले नेतृत्व गरेको १० वर्षे जनयुद्धको कारण नै परिवर्तन आएको कुरा सगौरव सुनाए र आफूजस्ताले आज खुलेर बोल्न पाएको पनि भने । अब एक–अर्काप्रति आलोचना गरेर नभई सहकार्य गरेर सल्यानको विकासमा टेवा पुर्याउने बेला आएको स्मरण गराए ।




प्रतिक्रिया