पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर टिकट वितरण गरेको विश्वप्रकाश शर्माको दाबी


काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूले यसपटक नवीन कांग्रेस बनाएको र परिवर्तन गरेर चुनावी मैदानमा होमिएको बताएका छन् । २१ फागुनको निर्वाचनको लागि १६५वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मात्रै उम्मेदवार उठाएको पनि उनले स्पष्ट पारे । टिकट वितरणमा पनि पार्टीभित्र सबै पक्षलाई समेट्न सफल भएको उनको दाबी छ ।

आज (बिहीबार) काठमाडौंमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अघिल्लो चुनावमा गठबन्धन गरेर हामी चुनाव नै कम क्षेत्रमा लडेका थियौँ। सबै समुदायलाई समेट्न सकिएको थिएन, अहिले हामीले सबैलाई समेट्ने प्रयास गरेका छौँ। कांग्रेसीहरुले मतपत्रमा कुन चिन्हमा हाल्ने हो भनेर खोजिराख्नुपर्ने पद्धतिको अन्त्य गरेको छौँ। सबैले रुख चिन्हमा भोट हाल्न पाउनेगरी उम्मेदवारी दर्ता गराएका छौँ। अरू कुनै दलले १६५ वटै क्षेत्रमा उम्मेदवार बनाएका छैनन्, १६५ निर्वाचन क्षेत्रमा भएको चिन्ह रुख मात्रै हो, हाम्रो प्रतिस्पर्धी अरू कुनै दलको छैन ।’

यस्तै, उनले अहिले एमाले र रास्वपाले अघि सारेका भावी प्रधानमन्त्रीको उम्मेदवारहरु केपी शर्मा ओली र बालेन शाहलाई भदौ २३ गतेवाला र भदौ २४ गतेवालाको संज्ञा दिएका छन् । तर, पार्टीका सभापति गगनकुमार थापा भने माघ १ गतेवाला भन्दै फरक देखाएका छन् । file photo

Skip This

Omoda E5 Pro