काठमाडौं, १५ माघ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालमा अहिले वामपन्थीहरुलाई सिध्याउने योजना बनिरहेको भन्दै एकताबद्ध हुन अपिल गरेका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सापकोटाले मुलुकको सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्नका लागि पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ को प्रतिनिधिसभाको चुनावमा लगाउनुपर्ने आवश्यकता औंल्याए ।
सापकोटाले भने,‘अहिले वामपन्थीहरूलाई सिद्ध्याउने योजना बनिरहेको छ। त्यसैले हामीले पार्टीलाई थप एकताबद्ध बनाउँदै लैजानुपर्छ। पार्टीको लोकप्रियता बढ्दै गएको छ।’ सो अवसरमा उनले रवि लामिछाने र बालेन शाहलक्षित गरेर अन्य प्रियतावाद एक दिन पानीको फोका झैँ फुटेर जाने पनि दाबी गरे । file photo




प्रतिक्रिया