अस्पतालमा भेटघाट गर्ने मानिसहरुको भीड लागेपछि लामिछाने डिस्चार्ज, घरमै आराम गर्ने


काठमाडौं, १५ माघ । ‘सेलुलाइटिस’ को उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् । अस्पतालमा भेटघाट गर्ने मानिसहरुको भीड लागेपछि लामिछानेले घरमै आराम गर्ने भन्दै डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्य अवस्थामा पनि सुधार हुँदै गएको अस्पतालले बताएको छ ।

गत माघ ५ गते पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो । उक्त चोटका कारण दुखाइ नरोकिएको र घाउ सुन्निदै गएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । लामिछानेलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको अस्तालले बताएको छ ।