सुरक्षा खतरा बढेको भन्दै रास्वपाले सुदनका लागि माग्यो पीएसओ


काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन गुरुङका लागि पीएसओ माग गर्दै गोरखा जिल्ला प्रशासन कार्याललाई पत्राचार गरेको छ । पार्टीका जिल्ला सचिव मिलन रानाको हस्ताक्षर रहेको उक्त पत्रमा हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा उम्मेदवार गुरुङलाई सुरक्षा खतरा बढेको उल्लेख छ ।

‘प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरुको समूहबाट व्यक्तिगत रुपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछु,’– जिल्ला सचिव रानाले लेखेको पत्रमा भनिएको छ ।

गुरुङलाई रास्वपाले गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । उनी जेन–जी आन्दोलनको अगुवासमेत हुन् ।