काठमाडौं, १६ माघ । रास्वपाका प्रभावशाली नेता तथा सर्लाही–४ का उम्मेदवार डा. अमरेशकुमार सिंहले जीवनकै सबभन्दा ठूलो मतान्तरले यसपटकको निर्वाचन जित्ने दाबी गरेका छन् । आफ्नो क्षेत्रमा निर्वाचन प्रचारप्रसारको क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले आफ्नो जित निश्चित् रहेको दाबी गरेका हुन् ।
सो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी मैदानमा छन् । तर, सिंहले आफूले जीवनकै सबभन्दा ठूलो मतले चुनाव जित्ने आत्मविश्वास सुनाए । उनले यसपटक रास्वपाले एक्लै १६० सिट जित्ने दाबी गरे । मधेश प्रदेशमा ३२ सिटमा २० सिट त रास्वपा एक्लैले जित्ने र समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो दल बन्ने उनको दाबी छ ।
उनले भने,‘अहिलेसम्म जिन्दगीमा मैले जति डिफरेन्सले चुनाव जित्दै आएको थिएँ, त्यो भन्दा जीवनको सबभन्दा बढि मत ल्याएर चुनाव जित्नेमा म विश्वस्त छु ।’ यो निर्वाचनमा कांग्रेसले २० देखि २५ सिट जितेपनि त्यो धेरै ठूलो कुरा हुने सिंहको दाबी छ । तर, बालेन शाहको नेतृत्वमा रास्वपाले एक्लैले १६० सिटभन्दा बढि जित्ने उनको ठोकुवा छ । उनले भने,‘मधेश प्रदेशमा ३२ सिट छ, त्यसमा रास्वपाले एक्लै २० सिट जित्छ । समानुपातिकमा पनि सबभन्दा बढि भोट रास्वपाले ल्याउँछ । किनकी अहिले मधेशी समूदायको लागि सत्ता परिवर्तनको समय हो । file photo




प्रतिक्रिया