काठमाडौं, १६ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर ५ र दाङ २ मा आफूहरु सुरक्षित रहेको बताएका छन् । उनले ती क्षेत्रहरुमा चुनाव जित्नका लागि आफूहरुलाई कुनै जोखिम नरहेको बताए ।
‘हामी झापा ५ मा पनि सुरक्षित अवस्थामा छौं । त्यहाँ कुनै प्रकारको जोखिमको अवूस्था छैन भन्ने पार्टीको विश्लेषण रहेको छ,’– उनले भने ।
झापा ५ मा एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार रहेका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई एमालेको मुख्य प्रतिस्पर्धीको रुपमा लिइएको छ ।
महासचिव पोखरेलले दाङमा विगतमा आफूले हारेको कारण दाङले धेरै अवसरहरु गुमायो भन्ने कुरा त्यहाँका जनताले अनुभूति गरेको आफूले पाएको बताए । उनले दङ्गाली जनताहरु आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्नेगरी जिताउनुपर्छ भन्ने मनस्थितिमा रहेको पाएको पनि बताए ।
‘विगतमा शंकर पोखरेलले चुनाव हार्दाखेरी दाङ जिल्लाले धेरै अवसरहरु गुमायो भन्ने कुराको अनुुभूति अहिले चर्चाको विषय बनेको मैले महशुस गरेको छु । यसपटकको चुनावमा दङ्गाली जनताहरु राष्ट्रिय राजनीतिमा स्थापित गर्नेगरी शंकर पोखरेललाई जिताउनुपर्छ भन्ने निष्कर्षमा पुगेको मैले पाएको छु,’– उनले भने ।




प्रतिक्रिया