देउवाको पनि शुभेच्छा लिएर नयाँ अध्याय सुरू गरेको छ, अब पार्टीमा गुट सकियो : गगन थापा


काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र अब कुनै गुट नभएको बताएका छन् । यसपटकबाट अब सभापति वा महामन्त्रीको घरमा धाएर टिकट लिने दिन पनि सकिएको उनको टिप्पणी छ । आज काठमाडौंमा आयोजित पार्टीको चुनाव परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘अब टिकटको लागि अब सभापति र महामन्त्रीको घर धाउने दिन सकियो अब, यहाँ कुनै गुट पनि छैन। कांग्रेसमा अब कुनै भागबन्डा छैन। कांग्रेसले पार्टीभित्र पनि भागबन्डा गर्दैन, बाहिर पनि गर्दैन। सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्छ। नयाँ युगको सुरुआत भयो, हिजो सबै खराब थिए भन्ने पनि होइन। मेरो निवर्तमान सभापति आफ्नो सारा जीवन तपाई र मेरो अधिकारको लागि लडेर आउनुभयो। उहाँलाई सम्मान छ, उहाँले प्रजातन्त्र स्थापना र पार्टीका लागि दिनुभएको योगदान सम्झँदै उहाँको पनि शुभेच्छा लिएर पार्टीको नयाँ अध्याय सुरु गरेको छु।’ file photo

Skip This

Omoda E5 Pro