महेश बर्तौलाले शानदार जित्ने गोकुल बाँस्कोटाको दाबी


काठमाडौं, १८ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले मकवानपुर–२ मा पार्टीका उम्मेदवार महेश बर्तौलाले शानदार रुपमा चुनाव जित्ने दाबी गरेका छन् । बाँस्कोटा पार्टीको कार्यक्रमको लागि हिजो थाहा नगरपालिका पुगेका थिए । फेशबुकमार्फत बाँस्कोटाले महेशको जितको दाबी गरेका हुन् ।

उनले लेखेका छन्–

शुभ विहान!थाहानगर जादा हामी।नेताको नजरमा एक जनपरित्यक्त पात्रको बयान-अग्लो ठामबाट परको हिमाल आफु भन्दा होचो र धुर्मैलो देखियो।अझ तलको थानकोट चन्द्रमाको क्रेटर ।र,मानिस नि?ए,ती त केवल कमिला जस्ता।राजनीति र प्रकृतिको दृष्टिभ्रमको मज्जाको समिश्रण भौ न यसलाई।तर महेश सानदार जित्छन।