रेशम चौधरीको रिटको सुनुवाई न्यायाधीश मल्ल र मुसलमानको इजलासमा हुने


काठमाडौं, १८ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको रिटमाथि आज सुनुवाई हुने भएको छ । यसअघि पनि यो रिटमा सुनुवाई भएको थियो । आज वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा चौधरीको रिटमाथि सुनुवाई हुने भएको हो ।

चौधरीले आसन्न निर्वाचनको लागि कैलाली–१ बाट आफ्नो मनोनयन दर्ता गराएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । चौधरीले निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै ९ माघमा नै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।