काठमाडौं, १८ माघ । आसन्न प्रतिनिधिसभाको निर्वाचनको लागि रौतहट–४ बाट उम्मेदवार बनेका ऋषि धमलाले रौतहटको जनताको लागि आफू त्यहीँ डेरा जमाएर बस्ने घोषणा गरेका छन् । आम जनता पार्टीले आज रौतहटमा आयोजना गरेको निर्वाचनकेन्द्रित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले आफूले अब काठमाडौं छोड्ने घोषणा गरेका हुन् ।
उनले भने,‘यहाँको जनताको लागि २४सै घण्टा डेरा जमाएर बस्छु, काठमाडौं छोड्छु । यहाँको जनताको सेवामा खटिनेछु । यहाँको जनताको हरेक क्षेत्रमा पहुँच र प्रभाव बढाउँछु । रौतहट ४ बाट यो देशमा अब विकास र आर्थिक क्रान्तिको सुरुवात हुनेछ । यहाँको जनतालाई अधिक सेवासुविधा दिनेछु ।’
उनले यो क्षेत्रको सुकुम्वासी समस्या समाधान गर्ने विश्वास दिलाए । उनले भने,‘यहाँको सुकुम्वासी समस्या समाधान गर्नेछु, यहाँका भूमिहीनलाई लालपूर्जा दिनेछु । जनताको मनमा बस्नेछु ।’ उनले सो क्षेत्रमा शिक्षा र स्वास्थ्यको राम्रो सेवा दिनेगरि काम गर्नेपनि वाचा गरे । सो क्षेत्रका हरेक वडामा कालोपत्रे सडकको पहुँच पुर्याउनको लागि पनि आफूले पहल गर्ने उनको घोषणा छ । धमलाले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा मोवाईल चिह्नवाला उम्मेदवारहरुको जित सुनिश्चित् भइसकेका दाबी गरे । उनले भने,‘ढुक्क हुनुहोस, प्रभु साह र ऋषि धमला मिलेपछि अब यहाँ चारवटै क्षेत्रमा मोवाइलले जित्यो ।’ file photo




प्रतिक्रिया