जीतेन्द्र देवले त्यागे एमाले, ‘नीति र व्यवहारसँग असहमत’


काठमाडौं, १९ माघ । संविधानसभा सदस्य तथा पूर्वमन्त्री जीतेन्द्र नारायण देवले एमाले परित्याग गरेका छन् । आज (सोमबार) गृहजिल्ला सप्तरीमा पत्रकार सम्मेलन गरेर देवले एमाले त्यागेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्,‘विगत लामो समयदेखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेराजगारी तथा युवाहरुको आम विदेश पलायनको विरुद्धमा आक्रोशित विस्फोट थियो भदौ २३ गतेको जेनजी विद्रोह । यसलाई यसै रुपमा नबुझी वा बुझ्न नचाही आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई विदेशी षड्यन्त्र देख्ने, पार्टीलाई व्यक्तिवाद् र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गर्ने विचार, नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि एमाले परित्याग गरेको घोषणा गर्दै सम्बद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु ।’