प्रादेशिक अस्पताल सिराहाका तत्कालिन कार्यालय प्रमुखहरु नागेन्द्र यादव र सरोज यादवसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, २० माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।

प्रादेशिक अस्पताल सिरहामा मिलेमतोमा कर्मचारी नियुक्ति गरी करारका कर्मचारीलाई ओपीडी लगायतमा महत्वपूर्ण नगद रकम संकलन काउन्टरमा राखी दैनिक संकलन भएको राजस्व रकम, राजस्व खातामा जम्मा नगरी विगत लामो समयदेखि पचास लाखभन्दा बढी रकम हिनामिना गरेको भन्‍नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

Skip This

Omoda E5 Pro