काठमाडौं, २० माघ । मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ । आज (मंगलबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो ।
आजको बैठकले सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
Photo By: Keshab Thapa/PM Sushila Karki-Secretariat




प्रतिक्रिया