काठमाडौं, २० माघ । सरकारले जेन–जी आन्दोलनका शहिदहरुको सालिक निर्माणाधीन संसद् भवन परिसरमा राख्नका लागि सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृति दिएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले निर्माणाधीन संसद् भवनमा जेन–जी शहिदहरुको साालिक राख्नेलगायत विविध निर्णय गरेको हो ।
‘निर्माणधीन संसद् भवन परिसरमा जेन–जी आन्दोलनका शहिदहरुको सालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय गरियो,’– सरकारका प्रवक्ता एवं गृहमन्त्री अर्यालले भने ।
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्नेसमेत निर्णय गरेको छ ।




प्रतिक्रिया