काठमाडौं, २० माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मात्रै हुने निश्चित भएको छ । सर्वोच्च अदालतले आज सो रिटमा आगामी माघ २८ गतेका लागि साधारण तारेख तोकेको छ ।
मुद्दा व्यवस्थापनका केही काम बाँकी नै रहेको भन्दै सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आगामी माघ २८ गतेका लागि साधारण तारेख तोकेको हो ।
आगामी माघ २८ गते अर्थात तारेख तोकिएको दिनसम्म बाँकी काम सम्पन्न भइका छिटोमा २/३ सातापछि मात्रै पेशी तोकिने छ । यसअर्थमा आगामी फागुन २१ गतेअघि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइको पालो आउने देखिँदैन ।




प्रतिक्रिया