काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सांसदका रूपमा आफूले काठमाडौँ क्षेत्र नं ५ को विकासमा सधैँ ध्यान दिएको बताएका छन् ।
निर्वाचन क्षेत्रअन्तर्गत बालुवाटारमा भएको कार्यक्रममा उनले आफूले तीन वर्षमा सम्भवसम्मका काम गर्न ध्यान दिएको बताएका हुन् ।
‘मैले काठमाडौँ–५ मा निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयनका लागि हरसम्भव प्रयास गरेको थिएँ । त्यसका आधारमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु,’– महामन्त्री पौडेलले भने ।
उहाँले आफू सांसद रहँदा विष्णुमति करिडोको रेखाङ्कन गरेर सडक निर्माणलगायत काम सुरुआत गरेको भन्दै ती कामको पर्याप्त प्रचार भने हुन नसकेकाले जिकिर गरे ।
महामन्त्री पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भइरहेको बताए ।




प्रतिक्रिया