एमालेसँग तालमेलबारे प्रचण्ड : जनताबाट तिरस्कृत भएका तत्वहरुसँग कहीँ कतै गठबन्धन हुँदैन


काठमाडौं, २२ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले यो पटकको निर्वाचनमा आफ्नो पार्टी सबभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । कुनै दलसँगपनि अब चुनावी तालमेल वा गठबन्धन नगरिने स्पष्ट पारे । पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यो निर्वाचनमा एमालेभन्दा धेरै सीट जित्ने निश्चित भइसकेको दाबी गरे। पछिल्लो समय एमालेसँगको चुनावी तालमेलको सम्भावनाबारे भएको हल्लामा कुनै सत्यता नभएको दाहालको दाबी छ । उनले एमालेलाई जनताबाट तिरस्कृत र अश्वीकृत भएको तत्वको संज्ञा दिँदै अब कहिँ कतै गठबन्धन वा तालमेल नहुने स्पष्ट पारेका थिए ।