प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्कीलाई भेट्न ओली आज (बिहीबार) विहान बालुवाटार पुगेका हुन् । सो क्रममा उनीहरुबीच निर्वाचनको तयारीको विषयमा छलफल भएको हो ।

हालै प्रधानमन्त्री कार्कीले नवलपुरको एक कार्यक्रममा तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको र कहीँ कतै केही मौसमजन्य कारणले हुन नसके दुवारा (अर्कोपटक) गर्ने भनेर अभिव्यक्ति दिएपछि राजनीति तरंगित बनेको छ ।

हिजोमात्रै प्रचण्डले पनि सरकारलाई एकै चरणमा निर्वाचन गर्न सुझाव दिएका थिए । त्यसको भोलिपल्ट आज ओलीले प्रधानमन्त्री कार्कीसँग भेटेर सोबारे पनि चासो राखेको बुझिएको छ । उनीहरुबीचको भेटवार्ताको विषयलाई दुवै पक्षले बाहिर ल्याएका छैनन् ।