बाबुरामको पिताको निधनले प्रचण्ड मर्माहित, परिवारजनमा समवेदना व्यक्त


काठमाडौं, २२ माघ । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पिताको निधनमा दुःख व्यक्त गरेका छन् । उनले स्वर्गीय भोजप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको साथै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्–‘पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, नेपाली कम्युनिष्ट पार्टीका नेता शिव भट्टराई र पार्वती भट्टराईका बुवा तथा पूर्व मन्त्री हिसिला यमि र केन्द्रीय सदस्य दुर्गा भट्टराईका प्रातःस्मरणीय ससुरा बुवाको निधन भएको दुःखद खबरले म अत्यन्तै मर्माहत भएको छु। कीर्तिशेष बुवा भोजप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। यस दुःखद घडीमा सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’ स्वर्गीय भोजप्रसाद भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Skip This

Omoda E5 Pro