ईश्वर पोखरेलले भने : समाजवादको आधार निर्माण गर्ने उद्देश्यले मेरो उम्मेदवारी


काठमाडौं, २२ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा आसन्न निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवारी दिएका ईश्वर पोखरेलले संविधानको आवश्यक संशोधनसहित थप उपयोगी बनाउन र समाजवादको आधार निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले आफूलाई सुझाव दिन भन्दै गरेको अनुरोधमा यो कुरा लेखेका छन्।

सुझावका लागि अनुरोध !
—————————
नमस्कार !
नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाई समाजवादको आधार निर्माणको दिशामा अगाडि बढ्ने उद्देश्यका साथ म आगामी प्रतिनिधिसभा निर्वाचन(२०८२ मा नेकपा ९एमाले०को तर्फबाट काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार छु । यस क्षेत्रका जनता, विशेषगरी युवाहरुको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु । तपाईको सृजनात्मक र उपयोगी सुझाबले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र बस्तुनिष्ठ बनाउने भएकाले सुझाबका लागि अनुरोध गर्दछु ।
-ईश्वर पोखरेल