रास्वपाका उम्मेदवार आलमको गाडीले ठक्कर दिँदा चार वर्षीया बालिकाको मृत्यु, चालक फरार


काठमाडौं, २२ माघ । रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।

बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो ।

घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए । कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार थिए । आलमलाई रौतहट–२ बाट रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ ।