राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक छ : लेखराज भट्ट


काठमाडौं, २३ माघ । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेलाई जिताउनको लागि आह्वान गरेका छन् । उनले मुलुकको राष्ट्रियता जोगाउनको लागि पनि एमालेलाई जिताउन र एमालेको नेतृत्वमो सरकार बनाउन आवश्यक रहेको औंल्याएका हुन् ।

एमालेनिकट पत्रकाहरुको संगठन प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा आज (शुक्रबार) कैलालीको धनगढीमा आयोजित अक्षयकोष स्थापना, पुरस्कार वितरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘राष्ट्रियता जोगाउन एमालेको सरकार आवश्यक छ। आसन्न निर्वाचनमा एमालेलाई जिताऔँ ।’ उनले अहिले गुगल हेरेर बोल्ने नेता भन्दापनि भूगोल हेरेर जनताको साथमा उभिने नेताको आवश्यकता औंल्याएका छन् । आसन्न निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने उनको दाबी छ । file photo