काबुल(अफगानिस्तान), २३माघ । संयुक्त अरब इमिरेट्स (युएइ)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन र युएईमा इस्लामिक इमिरेट्सको दूतावासको लगातार कूटनीतिक प्रयासपछि राष्ट्रिय दिवसको अवसरमा एक सय १०० भन्दा बढी अफगान नागरिकहरूलाई जेलबाट रिहा गरेको जनाएको छ ।
रिहा भएका केही व्यक्तिहरू अफगानिस्तान फर्के सकेको र बाँकीका लागि फिर्ती प्रयास भई रहेको र आवश्यक कानुनी प्रक्रिया पछि चाँडै फर्किने जनाइएको छ ।
विदेश मन्त्रालयले युएई सरकार र यसका सम्बन्धित अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै विदेशमा रहेका अफगान कैदीहरूको रिहाइको अनुगमन र सुरक्षा मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताएको छ ।
टोलो न्यूजले राजनीतिक विश्लेषक सैयद गरिबुल्लाह सादतलाई उदृत गर्दै यो प्रत्रियालार्ई थप व्यवस्थित गरि विभिन्न राष्ट्रहरूबाट अफगान नागरिकहरूलाई फिर्ता गर्न वदेश मामिला मन्त्रालय र शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालय विच संयुक्त समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका छन् । रासस




प्रतिक्रिया