काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि पार्टीको तर्फबाट ‘अबकी बार सय पार’ को नारा तय गरेका छन् । यही नाराका साथ अब चुनावी अभियानमा खट्नको लागि उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
पार्टी सभापति भएपछि आज पहिलोपटक पोखरा पुगेका थापाले कांग्रेसकै संगठनको तागतले बहुमत ल्याउन सकिने दाबी गरेका हुन् । यो पटकको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा लडेको पार्टी कांग्रेसमात्र भएको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरुले अब रुख चिह्नबाहेक अन्त भोट हाल्न नपर्ने बताए । यसअघि अबकी बार गगन सरकार नारा लाग्ने गरेकोमा थापाले भने अबकी बार सय पारको नारा सुनाएका हुन् ।




प्रतिक्रिया