रुपन्देही–३ का उम्मेदवारलाई प्रलोपाको कारबाही, उम्मेदवारी निष्क्रिय बनाउने निर्णय


काठमाडौं, २३ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीको तर्फबाट उम्मेदवारी दिएका गोविन्द काराखेतीलाई साधारण सदस्य खारेज तथा उम्मेदवारी निष्क्रिय गरेको छ । प्रलोपाको तर्फबाट जिल्ला संयोजक कृष्ण बञ्जाडे र जिल्ला ईन्चार्ज पंकज राईले आज एक विज्ञप्ति जारी गरेर उनलाई कारबाही गरेका हुन् ।

कारबाहीमा परेका काराखेतीले पार्टीको नीति, सिद्धान्त, विधान तथा आधिकारिक निर्णयहरुको गम्भीर उल्लंघन गरेको आरोप छ । आजकै मितिबाट लागु हुनेगरि उनको उम्मेदवारी निष्क्रिय बनाउने पनि प्रलोपाले जनाएको छ ।