काठमाडौं, २४ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व सुनिल थापाको निधनले आफूलाई दुः खी बनाएको बताएका छन् । आज प्रचण्डले शोक सन्देश जारी गर्दै स्वर्गीय थापाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै शोकाकुल परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।
संयोजक दाहालले अभिनेता थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदान सबैका लागि स्मरणीय रहने बताएका छन् । उनले भनेका छन्, ‘नेपाली चलचित्र क्षेत्रका मूर्धन्य व्यक्तित्व थापा हामीबाट सधैँका लागि बिदा हुनुभएको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन तथा शुभेच्छुकमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँले नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदान हामी सबैका लागि चिरस्मरणीय रहनेछन् ।’




प्रतिक्रिया