फागुन १ गते पूर्वराजाको स्वागतको लागि काठमाडौं विमानस्थलमा जम्मा हुन राजसंस्थावादीहरुलाई मिश्रको अपिल


काठमाडौं, २५ माघ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गर्नको लागि राप्रपा र अन्य राजसंस्थावादीहरुलाई आग्रह गरेका छन् । पूर्वराजा शाह आगामी फागुन १ गते काठमाडौं आउने भएका हुन् । उनले देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पूराना दलहरु पनि लगभग पुग्नै आँटेको बताएका छन् । फागुन १ गते उपत्यका वरिपरि र अझ सकिन्छ भने देशभरिका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरु सबैलाई एकदिनका लागि काठमाडौं उपस्थित् भईदिए स्वागत ऐतिहासिक हुने थियो भन्ने उनको धारणा छ ।

उनले लेखेका छन्–

राप्रपा र अन्य सबै राजसंस्थावादीहरूलाई विनम्र आग्रह!
राजालाई फागुन १ गते काठमाडौँ विमानस्थलमा भव्य–भव्य–भव्य स्वागत गरौँ!
देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन्। यो एकदम सकारात्मक संकेत हो।
राजस्थावादी आम सर्वसाधारण त उपस्थित हुने नै छन्। तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरीका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एकदिनका लागि काठमाडौं उपस्थित भइदिए, स्वागत ऐतिहासिक हुने थियो।
बल्ल देश ३नवीनसमझदारी तिर अग्रसर हुने संकेत मिल्न थालेको छ। ३विचारभन्दामाथिदेश, ३देशकालागिनरेश ३संरचनागत)पुनरावलोकन

Skip This

Omoda E5 Pro